दल

माधव नेपाल भन्छन् : राजनीति गर्न सजिलो छैन

इकागज |
साउन २०, २०७९ शुक्रबार १७:२९ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक यात्रा सजिलो नभएको बताएका छन् ।

शुक्रबार ललितपुरमा स्नेहलता जीवन कथाका पानाहरु जीवन संस्करण पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पुराना महिला योद्धाहरुलाई राजनीति गर्न धेरै गाह्रो भएको स्मरण गर्दै अहिले पनि राजनीति गर्ने काम सजिलो नभएको उल्लेख गरे ।


अध्यक्ष नेपालले अझै पनि राजनीति सजिलो रुपमा गर्न सम्भव नभएको जिकिर गरे । उनले राजनीतिमा धेरै चुनौतीको सामना गर्नुपर्ने बताए । अध्यक्ष नेपालले जनताको सेवा गर्ने, समाज परिर्वतन गर्ने र देशको गरिमालाई माथि उठाउने पुराना योद्धाहरुको आचरण अनुरुपमा राजनीतिक उद्देश्य राख्नुपर्ने बताए ।

पुराना योद्धाहरूबाट प्रेरणा लिन,सम्मान गर्न र उनीहरुको योगदानको प्रशंसा गर्न सकेमात्र इतिहासको कदर गरेको ठहरिने अध्यक्ष नेपालकाे भनाइ छ । उनले अहिलेका राजनीतिक नेतृत्वले इतिहासको कदर गर्नसक्यो भने मात्रै भविष्यले वर्तमानको कदर गर्ने उल्लेख गरे । 


Author

थप समाचार
x