दल

प्रधानमन्त्री बन्ने प्रकाशमानको चाहना : भन्छन्- देशको कायापलट कसरी हुन्छ भन्‍ने देखाउन चाहन्छु

इकागज |
साउन २१, २०७९ शनिबार १३:७ बजे

काठमाडौँ - नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बन्ने चाहना व्यक्त गरेका छन् । शनिबार काठमाडौंमा आयोजित गुह्वेश्वरी बाल शिक्षा माध्यामिक विद्यालयको नवनिर्मित भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री बनेर देशको विकास गर्ने चाहना रहेको बताएका हुन् । 

पार्टी र सरकारमा रहेर विभिन्न तहमा रही काम गरेको अनुभव रहेको बताउँदै अबको चाहना 'वान अफ म्यान' बनेर देशको सेवा गर्न चाहेको उनको भनाइ छ । असल नियत भएको र लोभ नभएको नेताहरू ठाउँमा पुगेपछि देशको कसरी कायापलट हुन्छ भन्नेकुरा आफू प्रधानमन्त्री बनेपछि जनताले अनुभव गर्ने उनले बताए । 


‘मैले तल्लो स्तरदेखि माथिल्लो स्तरका पार्टीका निकायमा बसेर काम गरिसकेको छु । मलाई साथ दिए र मौका पाएँ भने 'नम्बर वन म्यान' भएर काम देशको कायापलट कसरी हुने रहेछ भन्नेकुरा देखाउन चाहन्छु,' उनले भने, 'जनतालाई अधिकार दिलाउने काम नेपाली काँग्रेसले नेतृत्व खेलेको छ अब प्राप्त गरेका अधिकारलाई संस्थागत गर्दै देश विकास र आर्थिक उन्नतिको अभियानमा काँग्रेसले नेतृत्व गर्छ ।’

नेता सिंहले एमाले अहिले रोइरहेको बताए । उनले एमालेले बहुमत ल्याएर सत्तामा जाँदासमेत काम गर्न नसकेको आरोप लगाए । 


Author

थप समाचार
x