दल

प्रचण्ड-बाबुराम भेटवार्ता : के भयो कुराकानी ?

इकागज |
साउन २६, २०७९ बिहीबार १३:२३ बजे

फाइल तस्बिर

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । भेटमा माओवादी नेता नारायणकाजी श्रेष्ठ पनि सामेल थिए । 

भेटमा चुनावी सहकार्य, तालमेल वा गठबन्धनबारे छलफल भएको नेसपा नेता विश्वदीप पाण्डेले जानकारी दिए । उनका अनुसार छलफल सकारात्मक भए पनि कुनै निष्कर्षमा भने पुग्न सकेन । पुन: छलफल भने जारी रहने उनले बताए । 


गठबन्धन दलका शीर्ष नेतालाई भेट्ने कार्यक्रमअन्तर्गत आज प्रचण्डसँग भेट भएको उनको भनाइ छ । भट्टराईले अस्ति प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।


Author

थप समाचार
x