दल

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

इकागज |
साउन २८, २०७९ शनिबार ९:१० बजे

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शनिबार बस्दै छ । समितिको बैठक आज बिहान पार्टी  केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।

आजको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताका विषयमा छलफल हुने बताइएको छ ।


भदौ २ देखि २४ गतेसम्म देशव्यापी सञ्चालन हुने संगठन सुदृढीकरण अभियान तथा साउन ३० र ३१ गते हुने जनप्रतिनिधिको भेलाको विषयमा समेत छलफल हुने कांग्रेसले जनाएको छ ।


Author

थप समाचार
x