दल

आगामी निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउँछ : युवराज ज्ञवाली

इकागज |
साउन २८, २०७९ शनिवार १८:४७ बजे

काठमाडौँ - नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो पार्टीले एक्लै बहुमत ल्याउने दाबी गरेका छन् । 

शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले एमालेको जनतामा ठूलो प्रभाव रहेको बताउँदै जनताले एमालेलाई नै अबको निर्वाचनपछि सरकारको नेतृत्वमा पुर्याउने दाबी गरेका हुन् । 


उनले एमाले सरकारको पालामा भएका काम र अहिले पाँच दलीय गठबन्धनको सरकारको बेलामा भएको काम जनताले सुक्ष्म रुपमा हेरिरहेको बताए । 

सत्ता गठबन्धनमा तालमेलको विषय पेचिलो बनेको उल्लेख गर्दै उनले गठबन्धनमा कांग्रेससँग अरु दल निरीह बनेको टिप्पणी गरे । ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल कांग्रेसलाई पहिलो दल बनाउन सक्रिय भएर लागेको बताए । 

ज्ञवालीले एमाले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई आधार बनाएर अघि बढिरहेको बताए । 
 


Author

थप समाचार
x