दल

माओवादी स्थायी कमिटी बैठक बस्‍दै

इकागज |
साउन ३०, २०७९ सोमवार ८:५२ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक अपरान्ह बस्ने भएको छ ।

आगामी मंसिर ४ गते हुने संघीय र प्रदेशसभा निर्वाचनको तयारीका बारेमा छलफल गर्न लागि माओवादीले स्थायी समिति बैठक बोलाएको हो । ‘आज १ बजे बैठक बस्नेछ, यो नियमित बैठक हो’ प्रचण्डका स्वकिय सचिव रमेश मल्लले भने । 


राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विद्येयक संघीय संसदमा नै थप छलफलका लागि फिर्ता पठाएको भोली पल्ट माओवादीले स्थायी समिति बैठक बोलाएकाले सो बारेमा पनि छलफल हुनेछ ।


Author

थप समाचार
x