दल

माओवादीको स्थायी समिति बैठक बस्‍दै, बाबुरामसँग सहकार्यबारे पनि छलफल हुने

इकागज |
साउन ३१, २०७९ मगलवार ८:२६ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ ।

माओवादी केन्द्रले मंगलबार बिहान ८ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको हो । बैठक पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बस्दैछ ।


सोमबार स्थायी कमिटी बैठक बोलाइए पनि तयारी नपुगेको भन्दै अन्तिम समयमा स्थगित भएको थियो ।

नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनमार्फत चुनावमा कसरी जाने ? जाने, सिट बाँडफाँडवारे के गर्ने  ? निर्वाचन तयारीका लागि चुनावी घोषणा पत्र तथा बिभिन्न समितिहरु गठन गर्ने तयारी छ ।

त्यस्तै आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमति जनाएका डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)सँगको सहकार्य र मोर्चाबन्दीबारे छलफल हुने बताइएको छ ।


Author

थप समाचार
x