दल

सभापति देउवाले गरे थप १० केन्द्रीय सदस्य मनोनयन

इकागज |
साउन ३१, २०७९ मगलवार १५:२७ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरेका छन् । 

निर्वाचन आयोगमा दल दर्ताका लागि ३३ प्रतिशत महिला पुर्याउनुपर्ने अनिवार्य व्यवस्था भएअनुसार दल दर्तामा महिला सहभागिता बढाउन कांग्रेसले १० महिलालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो । यो सँगै कांग्रेसलाई निर्वाचन आयोगमा दल दर्ताको ढोका खुलेको छ ।


देउवाले आज मनोनयन गरेकामा किरण यादव (महोत्तरी), राधा घले (काठमाडौँ), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ), रुक्मिणी कोइराला (मोरङ), कल्याणी रिजाल (काठमाडौँ), गोमा भट्टराई (झापा), गंगा शाही (रुपन्देही), लक्ष्मी खतिवडा (सुनसरी) र सीता देवकोटा (नवलपुर) रहेका छन् ।

नेपाली कांग्रेसको विधान, २०१७ को धारा २१ को उपधारा १० बमोजिम उनीहरुलाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरिएको कांग्रेसद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । 


Author

थप समाचार
x