दल

विश्‍वप्रकाश शर्मा भन्‍छन्- झापाबाटै उम्‍मेदवार हुन्‍छु, प्रेम उता घरजम यता कुरै हुन्‍न

इकागज |
भदौ १, २०७९ बुधबार ११:६ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्‍वप्रकाश शर्माले संघीय निर्वाचनमा झापाबाटै उम्मेदवार हुने बताएका छन् । बुधबार सामाजिक सञ्‍जाल ट्‍वीटरमा ट्‍वीट गर्दै शर्माले आफु झापाबाटै उम्मेदवार हुने बताएका हुन् ।

'झापामै उम्मेदवार बन्नेछु' उनले ट्‍वीट 'प्रेम उता घरजम यता कुरै हुन्‍न ।'


'फेरि प्रस्ट्याउँ- बागमतीको किनारलाई श्रद्धापुर्वक ढोग्ने हो ! तर मान्छे म मेची र निन्दा किनारकै हो' उनले लेखेका छन् 'काठमाडौँ-५ मा चुनाव प्रचारमा पुग्‍ने छु नै ! तर उम्मेदवार बन्‍न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर ।'


Author

थप समाचार
x