दल

माओवादीको पदाधिकारी चयन अन्तिम चरणमा, भोलिको बैठकमले टुंगो लगाउने

इकागज |
भदौ १, २०७९ बुधवार १७:५३ बजे

फाइल फोटो

काठमाडौँ - गत पुसमा आठौँ महाधिवेशन सम्पन्न गरेको नेकपा (माओवादी केन्द्र)ले अझै पदाधिकारीसहित साङ्गठनिक संरचनाको टुङ्गो लगाउन सकेको छैन । 

पदाधिकारीको चयनका साथै सांगठनिक अवस्थालाई पूर्णता दिने भन्दै माओवादी स्थायी समिति बैठक लगातार बसिरहेको छ तर अझै पदाधिकारीले पूर्णता पाउन सकेको छैन ।


महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पुनः चयन गरेको थियो । माओवादीले अर्को बैठकबाट पदाधिकारी चयन गर्ने निर्णय गरेको थियो । कोरोना सङ्क्रमण बढेको तथा लगत्तै स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनु परेकाले पदाधिकारी चयनलगायतका बाँकी काम पूरा गर्न ढिलाइ भएको माओवादीले जनाएको छ । 

पदाधिकारीसँगै अन्य साङ्गठनिक विषय टुङ्ग्याउन आज अपराह्न पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी समिति बैठकले सो विषयलाई अन्तिम चरणमा पुर्‍याएको नेता कृष्णबहादुर महराले जानकारी दिए । आजको बैठकमा पदाधिकारी टुङ्ग्याउने, स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिमा थप्नुपर्ने केही सदस्यका बारेमा छलफल भएको उनले बताए । 

`सबै विषयमा विस्तृतमा छलफल भयो, करिब करिब टुङ्गोमा पुगेको छौँ, भोलि पदाधिकारी चयनलगायत विषयले अन्तिमरुप पाउँछ`, उनले भने, `भोलि बिहान ८ बजे बस्ने बैठकले पदाधिकारीको टुङ्गो लगाउँछ ।`


Author

थप समाचार
x