दल

माओवादी स्थायी समिति बैठक बस्दै, टुङ्ग्याउँला पदाधिकारी ?

प्रवक्ता महरा भन्छन्- आज टुङ्गो लाग्छ

इकागज |
भदौ २, २०७९ बिहिवार ७:१ बजे

काठमाडौँ - सत्तारूढ नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ९ बजे स्थायी समिति बैठक बस्न लागेको हो । 

बैठकमा पदाधिकारी चयनबारे छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । उनका अनुसार आजको बैठकले माओवादी पदाधिकारी टुंगो लगाउने छ । माओवादी स्थायी समिति बैठक बुधबार पनि बसेको थियो । 


‘बुधबारको बैठक संगठनसम्बन्धी एजेण्डामा केन्द्रित भयो। खास गरेर केन्द्रीय कमिटी, पोलिटब्यूरो र स्थायी कमिटीमा थप्नुपर्ने केही साथीहरूका बारेमा छलफल भयो,' उनले भने, ' करिब-करिब टुंगोमा पुगेका छौँ । आज पदाधिकारी पनि टुंगो लाग्छ ।'

माओवादीले गत पुसमा महाधिवेशन गरेको थियो । तर हालसम्म पनि पदाधिकारी छान्न सकेको छैन । 


Author

थप समाचार
x