दल

फौजको रुपमा प्रस्तुत हुन वाईसीएललाई प्रचण्डको निर्देशन

इकागज |
भदौ ३, २०७९ शुक्रबार १३:५८ बजे

काठमाडौँ- नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको भ्रातृ संगठन वाईसीएललाई फौजको रुपमा प्रस्तुत हुन निर्देशन दिएका छन् । 

काठमाडौँमा शुक्रबार योङ कम्युनिस्ट लीग (वाईसीएल)को दोस्रो भेलालाई सम्बोधन गर्दै प्रचण्डले वाईसीएल शान्ति पूर्ण आन्दोलनमा फौजको रुपमा प्रस्तुत हुन निर्देशन दिएका हुन् । 


देशको राजनीतिलाई सही दिशासमा अगाडि बढाउन युवाको भूमिका अग्रणी हुने भन्दै उनले यसमा लाग्न पनि निर्देशन दिए । 

क्रान्ति नदोहोरिने भएकाले परिमार्जित र विकसित रुपमा संघर्ष गर्नुपर्ने भन्दै उनले अझै पनि शोषण र उत्पीडन अन्त्यका लागि काम गर्नुपर्ने अवस्था रहेको बताए ।


Author

थप समाचार
x