दल

मेयर बालेनलाई रामकुमारी झाँक्रीको सुझाव - म दलीय दबाबले रोकिएँ, तपाईं अघि बढ्नुस्

इकागज |
भदौ १०, २०७९ शुक्रबार १३:३५ बजे

फाइल तस्बिर

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुरमारी झाँक्रीले आफू काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) को साथमा रहेको बताएकी छन् । आफूलाईजस्तो दलीय दबाब नहुने भन्दै बालेनलाई अगाडि बढ्न उनले सुझाव दिएकी छन् । साथै उनले यसपछि उपत्यकाका नदी किनारका अतिक्रमण पनि हटाउन सुझाव दिएकी छन् । 

पूर्व शहरी विकास मन्त्री झाँक्रीले आफू मन्त्री रहँदा मेयर शाहसँग बसेर केही योजना बनाएको स्मरण पनि गरेकी छिन् । 


यस्तो छ उनले बालेनको समर्थनमा फेसबुकमार्फत दिएको प्रतिक्रिया

मेरो समर्थन मेयर बालेन जीलाई!
१)यसपछि अब पालो हुनेछ उपत्यकाका नदी किनारका अतिक्रमण हटाउने।
२)मैले बागमती करीडोरका ४१ वटा अतिक्रमित संरचना हटाएईसकेको थिएँ।
३) निर्वाचन आएको छ यसले नगरौ भन्ने दबाब आयो र स्थगन गर्न पर्‍यो।
४) स्थानीय चुनावपछि २०७९ जेठ २ गतेबाट फेरि हटाउन सुरू भएको थियो।
५) मेरो कार्यकाल लामो रहेन। मेयर बालेनजी र मैले केही योजना बनाएका थियौं।
६)  सुरुम्वासीको नाममा अतिक्रमण भएका स्थानहरूलाई खाली गर्ने कामको पनि केही योजना बनेको छ। 
७) मलाई जस्तो दलीय दबाब मेयर बालेन जीलाई हुँदैन। 
८)I am always with you, behind you. keep it up.
९) ईमान्दार प्रयासहरू सफल हुन्छन्।


Author

थप समाचार
x