दल

'एमालेलाई चौतर्फी घेराबन्दीमा पार्न खोज्‍ने षड्यन्त्रलाई असफल बनाएरै छाड्छाैं'

इकागज |
भदौ १०, २०७९ शुक्रवार १४:२ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई चौतर्फी घेराबन्दीमा पार्न खोज्ने षड्यन्त्रलाई असफल बनाएरै छाड्ने बताएका छन् ।

शुक्रबारबाट ललितपुरको च्यासलस्थित पार्टी कार्यालय सुरू एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले अस्तित्व नै मेटाउँछौं भन्दै एमालेलाई घेराबन्दीमा पार्न खोज्ने षड्यन्त्रलाई असफल बनाएर विजयको सुनिश्चित गर्दै अघि बढ्ने दाबी गरे ।


मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनलाई शान्ति पूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नुपर्ने उनले बताए । यसका लागि सरकारसँग वार्ता र कुराकानी तथा दबाब र निर्वाचनसँग सम्बन्धित निकायसँग छलफल गर्ने उनको भनाइ छ ।

अध्यक्ष ओलीले एमालेले गरेका काम र आगामी योजनाहरूका साथै देशलाई समृद्ध र सुखी नेपाली बनाउनका लागि प्रतिवद्ध भएर जनतामाझ जानुपर्ने धारणा राखे । उनले एमाले, देश र लोकतन्त्रको पक्षमा जनमत सिर्जना गर्ने गरी निर्वाचनको तयारीमा जुट्न निर्देशन दिए ।

एमाले केन्द्रीय कमिटी बैठक दुई दिनसम्म चल्ने छ ।

 


Author

थप समाचार
x