दल

देशलाई दुर्घटनाबाट बचाउन गठबन्धन:  प्रचण्ड

इकागज |
भदौ ११, २०७९ शनिवार १८:७ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशलाई दुर्घटनाबाट बचाउन गठबन्धन आवश्यक परेको बताएका छन् । 

शनिबार बुटवलमा सञ्चचारकर्मीसंग कुरा गर्दै यस्तो बताएका हुन् । उनले स्थानीय तहको चुनावमा आपसी गठबन्धन र तालमेल भनेजस्तो नभएपनि गठबन्धन दल र सरकार मिलेर चुनाव गराउनु नै ठूलो कुरा भएको जिकिर गरे । 


त्यस्तै प्रचण्डले स्थानीय तह चुनावको परिणाम जस्तो आएपनि देशलाई दुर्घटनाबाट बचाउन सफल भएकोले उपलब्धिमूलक मानेको धारणा राखे । उनले माओवादी केन्द्र छोडेर गएका नेताहरु पुनः पार्टीमा फर्किंदा पार्टी झन् बलियो भएको समेत बताए । 


Author

थप समाचार
x