दल

जिल्ला समितिलाई राप्रपा नेपालको निर्देशन- २१ गतेभित्र उम्मेदवार सिफारिस गर्नू

इकागज |
भदौ १७, २०७९ शुक्रबार ९:११ बजे

काठमाडौं - राप्रपा नेपालले भदौ २१ गतेभित्र संघ र प्रदेशको प्रत्यक्ष-समानुपातिक उम्मेदवारको नामावली सिफारिस गरी केन्द्रमा पठाउन जिल्ला समितिहरूलाई निर्देशन दिएको छ । अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको सचिवालय बैठकले यस्तो निर्देशन दिएको हो ।

 बैठकले महामन्त्री सुशील श्रेष्ठले प्रस्तुत गरेको मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा कार्यक्रम समेत पास गरेको छ । कार्यक्रम अनुसार
मेचीको काकडभिट्टाबाट भाद्र ३० गते बिहीबार सुरु हुने मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा महाकालीको वनवासामा पुगी काठमाडौं आएर यात्राको समापन हुनेछ ।


यसैगरी विभिन्न समान विचारधारा भएका राजनीतिक दल, समूह तथा व्यक्तिहरूसँग आवश्यक छलफल, परामर्श र वार्ता गर्ने जिम्मेवारी पार्टीका उपाध्यक्ष एवं राजनीतिक विभाग प्रमुख दिलनाथ गिरीलाई दिने निर्णय भएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

बैठकमा महामन्त्री भास्कर भद्राद्वारा प्रत्यक्ष र समानुपातिक उम्मेद्वारी, महामन्त्री केशवराज श्रेष्ठद्वारा सञ्चार, प्रवक्ता सुरेश आचार्यद्वारा प्रचारप्रसार र सहमहामन्त्री दमन वस्नेतद्वारा स्रोत परिचालन सम्बन्धी कार्य प्रगती विवरणबारे समेत महत्त्वपूर्ण छलफल भएको बर्तौलाले जानकारी दिए ।


Author

थप समाचार
x