दल

राप्रपा नेपालले पाँच हजार सहयोगीसँग पाँच करोड उठाउने

इकागज |
भदौ १७, २०७९ शुक्रबार १९:३७ बजे

काठमाडौँ- राप्रपा नेपालले आसन्न निर्वाचनको निमित्त आर्थिक पक्ष मजबुत बनाउन नयाँ नीतिको प्रयोग गर्ने भएको छ । आज काठमाडौँमा बसेको स्रोत परिचालन समितिको बैठकले अर्थ संकलनको निमित्त पाँच हजार जनासँग दश हजार अभियान कार्यान्वयन गर्ने निर्णय गरेको छ ।‌ पार्टी अध्यक्ष कमल थापाको उपस्तिथिमा बसेको बैठकले अभियानअन्तर्गत पाँच हजार सहयोगीहरू प्रत्येकबाट दश/दश हजार रुपैयाँ संकलन गर्ने निर्णय गरेको स्रोत परिचालन समितीका प्रमुख एवं पार्टीका सहमहामन्त्री दमन बस्नेतले जानकारी दिए । 

यसैगरी पार्टीका केन्द्रीय सदस्य तथा पदाधिकारीहरूबाट  सहयोग प्राप्त गर्ने तथा स्वेच्छाले सक्दो सहयोग गर्न कार्यकर्ता, सहयोगी, शुभचिन्तक र आमजनतामा आह्वान गर्ने, त्यसको निम्ति ईसेवा, फोनपे र बैंक ट्रान्सफर जस्ता माध्यमबाट पार्टीको राष्ट्रिय बाणिज्य बैंकको खातामा सहयोग रकम जम्मा गर्न अनुरोध गर्ने समेत निर्णय भएको बस्नेतले जानकारी दिए ।



Author

थप समाचार
x