दल

राज्यले स्वास्थ्य र शिक्षामा लगानी नबढाएसम्म देश समृद्धिको बाटोमा जाँदैन : डा शेखर

इकागज |
भदौ १८, २०७९ शनिबार १४:५९ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राज्यले स्वास्थ्य र शिक्षामा लगानी नबढाए सम्म देश समृद्धिको बाटोमा नजाने बताएका छन। `एकातिर हामी समृद्धिको कुरा गर्छौं अर्को तिर यी बिषयमा न्यून बजेट छुट्टयाउँछौं, अनि कसरी देश उँभो लाग्छ`, कोइरालाले भने।

शिक्षा र स्वास्थ्य मन्त्रालय कांग्रेसले नलिएर गल्ती गरिरहेको पनि उनले गुनासो गरे। उनले भने, `स्वास्थ्य मन्त्रालय कहिलेकाही लिने गरेपनि शिक्षा मन्त्रालय लामो समय कांग्रेसले लिएको छैन। अब यी दुवै मन्त्रालय छाड्नुहुन्न।`


प्रजातन्त्रबादी चिकित्सक संघले काठमाडौमा आज आयोजना गरेको कार्यक्रममा बोल्दै कोइरालाले चिकित्सक लगायत पेशाकर्मीहरुलाई विशेष ब्यवस्था गरेर कांग्रेस पार्टीमा भुमिका दिनुपर्ने बताए। `पेशाकर्मीहरु तलैबाट हाम्रा कार्यकर्तासँग प्रतिस्पर्धा गरेर आउँन सक्दैनन्। पार्टीमा उहाँहरुको अनुभव र भुमिकाको ठूलो महत्त्व छ`, उनले भने।

 


Author

थप समाचार
x