दल

डा. शेखरहरूले मतदाता `कन्फ्युजन`मा पार्ने काम गर्नुभएनः महत्त

इकागज |
भदौ १९, २०७९ आइतबार १६:१ बजे

काठमाडौँ - नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत्तले गठबन्धन गर्ने  विषय पार्टीले निर्णय गरेको र सहमतिमै निर्णय भएको बताएका छन् । आज सञ्चारकर्मीसँग कुरा गर्दै महतले असहमति भएका विषय भए केन्द्रीय समितिमा राख्न सबै नेताहरूलाई आग्रह गरेका छन्  ।

`बाहिर कहीँ कसैले फरक मत राख्दा मतदाता कन्फ्युजनमा पर्छन् त्यस्ता काम गर्नुहुँदैन`, उनले भने । डा. शेखरहरूले पनि यो विषयमा जथाभावी बोल्न नहुने उनले तर्क गरे । डा. शेखर कोइरालाले एक सय सिट लिएर मात्रै गठबन्धन गर्नुपर्ने अन्यथा विद्रोह हुने तर्क गर्दै आएका छन् । 


उनले भने, `हामीले गठबन्धन नगरे अरूले गर्छन् ओलीजीहरू लागिरहनुभएको छ । कांग्रेसले गठबन्धन नगरोस् हामी गछौं भन्ने कुरा ठिक होइन् ।` 


Author

थप समाचार
x