दल

सिट बाँडफाँट कार्यदलको बैठक बस्दै, आजै सहमति जुटाउने तयारी

इकागज |
भदौ २०, २०७९ सोमबार ९:५८ बजे

फाइल तस्बिर

काठमाडौँ- आज सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

आजको बैठकमा पनि आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा सिट बाँडफाँटका बारेमा छलफल हुनेछ । मंगलबारसम्ममा सिट बाँडफाँटको सबै पक्ष टुंगो लाग्‍ने गठबन्धनका नेताहरूले बताइरहेका छन् ।


कार्यदलले सहमति जुटाएर शीर्ष नेताहरूसमक्ष प्रस्ताव लैजाने तयारी छ । सिट बाँडफाँट गठबन्धनभित्रका सबै दललाई न्यायोचित हुने गरेर गर्ने नेताहरूले दाबी गर्दै आएका छन् ।


Author

थप समाचार
x