दल

गोरखाका सबै निर्वाचन क्षेत्रमा माओवादीले तोक्यो चुनावी कमाण्डर

इकागज |
भदौ २०, २०७९ सोमबार १६:२८ बजे

फाइल फोटो

गोरखा - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले जिल्लास्थित सबै निर्वाचन क्षेत्र समन्वय समितिको जिम्मेवारी तोकेको छ । जिल्ला समन्वय समितिको आइतबार बसेको पूर्ण बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रको जिम्मेवारी बाँडफाँट गरेको पार्टीका जिल्ला संयोजक विष्णुप्रसाद भट्टले जानकारी दिए । 

बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ समन्वय समितिको इन्चार्जमा अमर तमु, संयोजकमा छमबहादुर गुरुङ, सचिवमा अङ्कुर तिमिल्सेना (आयाम)लाई जिम्मेवारी दिएको छ ।


 त्यस्तै क्षेत्र नं १ अन्तर्गत प्रदेश सभा (क) मा इन्चार्जमा लेखबहादुर थापा, संयोजकमा शोभा लामिछाने, सचिवमा जीवन गुरुङलाई जिम्मेवारी दिइएको उनले बताए । त्यस्तै प्रदेश (ख) को इन्चार्जमा सुशीला सिम्खडा, संयोजकमा ऋषि खनाल, सचिवमा प्रेमचन्द्र श्रेष्ठलाई चयन गरिएको जिल्ला संयोजक भट्टले जानकारी दिए । 

बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को इन्चार्जमा परशुराम रम्मेल, सह इन्चार्जमा खोपबहादुर कँडेल, संयोजकमा भुवन सुनार र सचिवमा रामकुमार कोइरालालाई चयन गरिएको उनले बताए । 

त्यस्तै निर्वाचन क्षेत्र नं २ ९क० को इन्चार्जमा कमला नहर्की, संयोजकमा रामचन्द्र सेडाइँ, सचिवमा सुदिप नगरकोटी तथा (ख) को इन्चार्जमा दीपक देवकोटा, संयोजकमा नवराज पुडासैनी र सचिवमा सुनिल परियारलाई चयन गरिएको अध्यक्ष भट्टले जानकारी दिए । जिल्लाभित्रका सबै पालिकामा निर्वाचन रणनीति तय गर्नका लागि तत्काल बैठक बस्ने निर्णयसमेत गरेको छ । रासस


Author

थप समाचार
x