दल

कार्यदलको बैठक बस्दै, सिट बाँडफाँट टुङ्ग्याएर प्रतिवेदन बुझाउने तयारी

इकागज |
भदौ २१, २०७९ मगलवार ७:५५ बजे

फाइल तस्बिर

काठमाडौं - पाँच दलीय सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दैछ । कार्यदलको बैठक साँझ ६ बजे बस्नेछ । आजको बैठकले सिट बाँडफाँट टुंगो लगाएर शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाउने तयारी छ । 

सोमबार बसेको बैठकमा मंगलबार निस्कर्षमा पुग्ने सहमति भएको थियो । कांग्रेस नेता तथा सूचना तथा सञ्चार मन्त्री  ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सोमबार १६५ वटै निर्वाचन क्षेत्रका बारेमा छलफल भएको थियो । 


सोमबार १६५ निर्वाचन क्षेत्रमा कसको के पोजिसन छ भन्नेबारे छलफल गरेको र आज संघ र प्रदेशको खाकासहित सिट संख्यामा सहमति जुटाएर प्रतिवेदनलाई अन्तिमरूप दिइने उनले बताए ।


Author

थप समाचार
x