दल

सिट बाँडफाँट सकेसम्म सहमतिमै टुङ्गाउने कोसिस भइरहेको छ : माधव नेपाल

इकागज |
भदौ २१, २०७९ मंगलबार १४:५ बजे

फाइल तस्बिर

काठमाडौँ - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सिटको बाँडफाँटलाई सकेसम्म सहमतिमा नै टुङ्गाउने कोसिस भइरहेको बताएका छन् । मंगलबार काठमाडौंमा नेपाल दलित मुक्ति संगठनको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अहिले विभिन्न पार्टीहरूसँग चुनावको तालमेल गर्दै अगाडि बढिरहेको भन्दै सिट बाँडफाँटलाई सकेसम्म सहमतिमा नै टुङ्गाउने कोसिस भइरहेको बताए । 

उनले सिटको बाँडफाँटको विषय सम्भव वा छैन भन्ने बारेमा पनि प्रश्न उठेको उनले उल्लेख गरे । स्थानीय निर्वाचनमा आफ्नो पार्टीले नौ लाख जनताको समर्थन पनि हासिल गरेको भन्दै उनले आगामी निर्वाचनमा समानुपातिक तर्फ सबै स्थानमा उम्मेदवारी दिने धारणा राखे ।



Author

थप समाचार
x