दल

एमालेभित्र उम्मेदवार सिफारिसमा कुनै विवाद छैन : पाण्डे

इकागज |
भदौ २१, २०७९ मंगलबार १९:१३ बजे

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेकपा एमालेभित्र उम्मेदवार सिफारिसमा कुनै विवाद नरहेको दाबी गरेका छन् ।

मंगलबार नयाँ बानेश्वरस्थित संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपाध्यक्ष पाण्डेले कुनै पनि स्थानमा विवाद भएको सूचना नपाएको बताए । उनले एमालेमा विगतमा मतदान गरेर उम्मेदवार सिफारिस हुने भएतापनि यो पटक तीन जनाभन्दा बढीले इच्छा व्यक्त गरेपनि सिफारिस भइरहेको जिकिर गरे । उनले यसरी तीन जनाभन्दा बढी नाम सिफारिस भएर आएपनि सबैभन्दा बढी सम्भावित उम्मेदवार भनेर प्रदेश कमिटीको सिफारिसको आधारमा सचिवालयले छनोट गर्ने बताए ।


उपाध्यक्ष पाण्डेले राष्ट्रिय सभाका सदस्यलाई टिकट नदिने निर्णय गरेकाले कुनै विशेष अवस्थामा मात्रै निर्णय हुनसक्ने उल्लेख गरे ।

उनले देशभर शीर्ष नेताहरूको मात्रै एकल नाम सिफारिस नभएको दाबी गरे । उनले जिल्लाबाट सिफारिस हुँदैमा उम्मेदवार फाइनल भए भनेर सिफारिस भएका उम्मेदवारहरूले सोच्नु नहुने बताए ।

पाण्डेले पार्टीको सचिवालयले फाइनल गरेपछि मात्रै उम्मेदवार टुङ्गो लाग्ने जानकारी दिए । 

 


Author

थप समाचार
x