दल

निर्वाचन प्रभावित पार्नेगरी कर्मचारी सरुवा गरिएको भन्दै एमालेको आपत्ति

इकागज |
भदौ २२, २०७९ बुधबार १४:२ बजे

फाइल तस्बिर

काठमाडौँ - प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले निर्वाचनलाई प्रभावित पार्नेगरी आस्थाका आधारमा कर्मचारीको सरुवा गरिएको भन्दै आपत्ति जनाएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले विभिन्न स्थानका प्रहरी प्रमुख तथा प्रमुख जिल्ला अधिकारीलगायतका अन्य कर्मचारीको आस्थाका आधारमा निर्वाचनमा आफू अनुकुल हुनेगरी सरुवा गर्ने काम भएको भन्दै आपत्ति जनाएका हुन् । उनले चुनावको मिति घोषणा भएपछि गरिएका सरुवा बदर गर्न पनि माग गरे ।

आस्थाको आधारमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरू जिल्ला-जिल्लामा खटाउने काम गरिरहेको भन्दै तत्काल नरोकिए आफ्नो पार्टी कडा प्रतिवाद गर्न बाध्य हुने चेतावनीसमेत दिए ।


मचलाउ सरकारको रूपमा रहेको सरकारले धमाधम दूरगामी महत्वका विधेयक ल्याउने र कर्मचारीको जथाभावी सरुवा गर्नु उचित नभएको उनको भनाइ छ । उनले स्थानीय तहको निर्वाचनमा जस्तै अबको निर्वाचनमा पनि कुनै प्रकारको हस्तक्षेप भए प्रतिवाद गर्ने चेतावनी पनि दिए । उनले मंसिरसम्म अहिलेकै कर्मचारी कायम राख्न माग गरे ।


Author

थप समाचार
x