दल

रक्तदान गरी मनाए लिङ्देनले जन्मदिन

इकागज |
भदौ २२, २०७९ बुधबार १५:२२ बजे

काठमाडौँ - जन्मोत्सव मनाउने आ–आफ्नो तरिका हुन्छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो ५७औँ जन्मोत्सव आज रक्तदान गरी मनाएका छन् । 

उनले नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रमा गइ रक्तदान गरेको केन्द्रका निर्देशक दिव्यराज पौडेलले जानकारी दिए । रक्तदानपछि अध्यक्ष लिङ्देनले भने, `मैले आफ्नो जन्मोत्सवका दिन रक्तदान गर्दै आइरहेको छु, मेरो रगत पाउने व्यक्तिलाई निको भइरहेको छ, मलाई पनि फाइदा भएको छ ।`


केन्द्रका निर्देशक पौडेलले भने, `रक्तदानका बारेमा जनचेतना जगाउन आवश्यक छ । हरेक राजनीतिक दलका नेता र सामाजिक क्षेत्रका अगुवाले आफ्नो जन्मोत्सवमा रक्तदान गरेमा समुदायलाई रक्तदान गर्न उत्प्रेरणामा सहयोग मिल्ने छ ।`


Author

थप समाचार
x