दल

सत्ता गठबन्धनको सिट बाँडफाँड टुङ्गिएला त ?

इकागज |
भदौ २२, २०७९ बुधबार १८:२० बजे

फाइल फोटो

काठमाडौँ - बालुवाटारमा सत्ता गठबन्धन आवद्ध कार्यदलको निर्णायक भनिएको बैठक सुरु भएको छ । गठबन्धनका शीर्ष नेतालाई सिट बाँडफाँटको प्रतिवेदन बुझाउने गरी ११ सदस्यीय कार्यदलको बैठक सुरु भएको हो । 

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट बैठक सुरु र आजको बैठक निर्णायक हुने बताइएको छ । बुधबारको बैठकमा प्रतिनिधि सभाका १६५ सिटसहित प्रदेश सभामा समेत सहमति जुटाउने र सोही अनुसारको प्रतिवेदन बुझाउने कार्यदलको तयारी छ ।


मंसिर ४ मा हुने निर्वाचनका लागि ५ दलीय सत्ता गठबन्धनले सिट बाँडफाँट गर्न कांग्रेस नेता कृष्ण सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।


Author

थप समाचार
x