दल

चुनावको मुखमा माओवादीका केन्द्रीय सदस्य परियार एमाले प्रवेश

इकागज |
भदौ ३०, २०७९ बिहिवार १३:५५ बजे

चितवन- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा जिल्ला अध्यक्ष र सेक्रेटरी भइसकेका नेता यमबहादुर परियार ‘इन्द्रजीत’ नेकपा एमालेमा प्रवेश गरेका छन् । बिहीबार माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् चितवन जिल्लाका पूर्वअध्यक्ष परियार एमाले प्रवेश गरेका हुन् ।

च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा  आयोजित कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परियारलाई एमालेमा स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् । 


परियार माओवादी केन्द्र चितवनको जिल्ला सह–इन्चार्जसमेत हुन् ।

परियारसहित अन्य नेताहरु पनि एमालेमा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा एमाले उपाध्यक्ष रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे, केन्द्रिय सदस्य जेएन थपलिया, देवी ज्ञवालीलगायत सहभागी थिए ।  


Author

थप समाचार
x