दल

लोसपा कार्यकारिणी समिति बैठक सुरु

इकागज |
भदौ ३१, २०७९ शुक्रबार १४:२२ बजे

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बसिरहेको छ । बबरमहलस्थित केन्द्रीय कार्यालयमा कार्यकारिणी समितिको बैठक बसिरहेको हो । 

आसन्न निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची बुझाउने लगायतका विषयमा छलफल भइरहेको छ । 


निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची बुझाउन आउँदो आइतबार र सोमबार (२ र ३ असोज) दुई दिन समय दिएको छ । 

दलहरूले समानुपातिक तर्फको ११० सिटका लागि उम्मेदवारको बन्द सूची बुझाउनुपर्नेछ । जारी बैठकमा बन्द समानुपातिक तर्फको उम्मेदवारको नाम टुंगो लगाउने विषयमा छलफल भइरहेको छ । 

असोज १ गते (शनिबार) मध्यरातबाट मौजुदा प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल सकिन लागेकाले कार्यकालको विषयमा जारी बैठकले समीक्षा गर्नेछ । 

आगामी निर्वाचनको रणनीति तथा अन्य दलसँग गरिने सम्भावित तालमेल वा गठबन्धनका विषयमा पनि जारी बैठकमा छलफल हुन सक्नेछ । 


Author

थप समाचार
x