दल

लोसपाले असोज ३ मा विरोध दिवस मनाउने

इकागज |
भदौ ३१, २०७९ शुक्रबार १६:२२ बजे

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले असोज ३ गते विरोध दिवस मनाउने भएको छ । 

बबरमहलस्थित केन्द्रीय कार्यालयमा शुक्रबार बसेको लोसपाको केन्द्रीय कार्यकारिणी समिति बैठकले यस्तो निर्णय गरेको एक नेताले बताए । बैठकमा आसन्‍न निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्द सूची बुझाउनेलगायतका विषयमा छलफल भइरहेको छ ।


३ असोजका दिन देशले संविधान दिवस मनाउँदै आएको छ । तर, लोसपाले भने सधैं संविधान दिवसको दिन भने विरोध सभा गर्दै आएको छ । ३ असोज २०७२ मा नेपालमा संविधान जारी भएको थियो ।

संविधान जारी भएको दिन पारेर सरकारले सो दिन सार्वजनिक बिदासमेत दिने गरेको छ ।


Author

थप समाचार
x