दल

मोरङ वाइसिएल इन्चार्जमा दिपक आले मगर

इकागज |
असोज २, २०७९ आइतबार २१:५७ बजे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन मोरङको योङ कम्युनिष्ट लिगको (वाइसिएल) इन्चार्ज दिपक आले मगर भएका छन् । वाइसिएलको केन्द्रीय दोस्रो भेला पछिको सांगठनिक भेलाले उनलाई इन्चार्ज बनाउने निर्णय गरेको हो ।

मगर माओवादी केन्द्रका उर्लाबारी नगर कमिटीको सहसचिव समेत हुन् । यसअघि उनी पार्टीको निर्वाचन आयोग र अनुशासन समितिको केन्द्रीय सदस्य समेत भइसकेका छन् ।


उर्लाबारी नगरपालिका वडा ६ का जिल्ला इन्चार्ज मगर यसअघिको स्थानीय निर्वाचनमा वडाध्यक्ष र वडा सदस्यको उम्मेदवार भएका थिए ।

 

 

 


Author

थप समाचार
x