दल

ओलीप्रति माधव नेपालको कटाक्षः कोही धेरै घमण्डी हुन्छन्

इकागज |
असोज ६, २०७९ बिहीबार १९:५६ बजे

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई घमण्डीको संज्ञा दिएका छन् ।

बिहीबार काठमाडौँमा भएको पूर्व प्रधानमन्त्री थापाको मेरा नौ दशक पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले अध्यक्ष ओलीप्रति इंगित गर्दै घमण्डीको संज्ञा दिएका हुन् । उनले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवामा कुनै घमण्ड नरहेको उल्लेख गर्दै कोही भने धेरै घमण्डी भएको बताए । उनले मान्छेहरू पैसा, बल, ज्ञान, सत्ता वा कुनै कुराले घमण्डी बन्ने गरेको जिकिर गरे ।


अध्यक्ष नेपालले स्व. थापामा विद्वतासँगै विनम्रताको उदाहरण रहेको बताए ।  


Author

थप समाचार
x