दल

गोकुल बास्कोटा भन्छन्- वर्तमान राष्ट्रपतिले सोझै राजनीतिक नेतृत्व गरे राम्रो हुन्थ्यो

इकागज |
असोज ६, २०७९ बिहिवार २२:१५ बजे

फाइल तस्बिर

काठमाडौँ - नेकपा एमालेका नेता गोकुल बास्कोटाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा आउन सुझाव दिएका छन् । वर्तमान राष्ट्रपतिले कार्यकाल सकिएपछि सोझै राजनीतिमा आउदा राम्रो हुने उनको सुझाव छ । 

पूर्वराष्ट्रपतिले समेत राजनीति गरिरहेको आरोप लगाउँदै उनले वर्तमान राष्ट्रपति पनि कार्यकालपछि राजननीतिमा आउदा राम्रो हुने उनको मत छ । 'पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कुनै कानुनी व्यवस्था छैन। राजनीतिबाटै उनीहरू राष्ट्रपति बनेका हुन्छन्, ' ट्वीटरमा उनले लेखेका छन्, 'एकमात्र पूर्वराष्ट्रपतिले पूर्वमान्यता अनुरूपको राजनीति गरेकै छन्। मेरो सीधा मत छ वर्तमान राष्ट्रपतिले कार्यकाल सकिएपछि सोझै राजनीतिक नेतृत्व गरे अति राम्रो हुने थियो।'



Author

थप समाचार
x