दल

बागमती प्रदेश सदस्य माझी राप्रपा नेपाल प्रवेश

इकागज |
असोज ७, २०७९ शुक्रबार २१:२४ बजे

हेटौंडा- बागमती प्रदेश सभा सदस्य तथा राप्रपाका निर्वाचित केन्द्रीय सदस्य रिता माझी राप्रपा नेपाल प्रवेश गरेकी छन् ।

आज बागमती गाउँपालिका-३ मा आयोजित कार्यक्रममा माझीलाई स्वागत गर्दै राप्रपा नेपाल अध्यक्ष कमल थापाले अब कोही पनि अलमलमा नपरी, भ्रमित नबनी राप्रपा नेपाललाई बलियो बनाउन कस्सिएर लाग्नुपर्नेमा जोड दिए । 


मुलुकलाई एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता भएको र त्यो शक्ति राप्रपा नेपाल बन्न सक्ने थापाको ठम्याई रहेको थियो । उनले मकवानपुरको विकासको अधुरो काम सम्पन्न गर्न आउने निर्वाचनमा उम्मेदवारी दिन लागेको समेत जानकारी दिए ।

हेटौंडा-काठमाडौँ सुरुङ्ग मार्ग, चक्रपथ निर्माण, विश्वविद्यालय स्थापना, औद्योगिक क्षेत्रको विकास आफ्नो प्राथमिकतामा रहेको समेत थापाले बताए । कार्यक्रममा बोल्दै प्रदेश सांसद रिता माझीले इमानदारिता, निष्ठा र कर्तव्यबोधका कारण राप्रपा नेपाल रोजेको बताइन् ।


Author

थप समाचार
x