दल

समानुपातिकमा नाम राखेकोमा कांग्रेस नेता बस्नेतकाे आपत्ति, तत्काल हटाउन आग्रह

इकागज |
असोज ८, २०७९ शनिबार १४:४८ बजे

उदयपुर- नेपाली कांग्रेस उदयपुरका पूर्वसभापति विदुर बस्नेतले समानुपातिकतर्फ आफ्नो नाम राखिएकोमा आपत्ति जनाएका छन् ।

समानुपातिकमा आफ्नो दाबी नरहेको र कुनै पनि क्षेत्रबाट सिफारिस समेत नभएको अवस्थामा समानुपातिकको बन्दसूचीमा नाम राखिएको भन्दै आपत्ति जनाएका हुन् । उनले सूचीबाट नाम तत्काल हटाउन विज्ञप्तीमार्फत माग गरेका छन् । 


तीन पटकसम्म पार्टीको जिल्ला सभापति भएका बस्नेत उदयपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ उम्मेदवारीको दाबी गर्दै आएका छन् । उनले सो क्षेत्रबाट प्रत्यक्षबाहेक अन्य कुनै पनि दाबी नरहेको प्रष्ट पारेका छन् । बन्दसूचीमा नाम समावेश गर्नु अघि आफूलाई एकपटक पनि नसोधिएको उनकाे भनाइ छ ।

'कहीँ कतैबाट मेरो नाम सिफारिस नै नभएको अवस्थामा कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा मेरो नाम पनि रहेको बाहिर आएको हुँदा म आश्चर्यचकित भएको छु,' उनले भने ।


Author

थप समाचार
x