दल

देशलाई असफल नेतृत्वको चक्रव्यूहबाट मुक्त गराउनुपर्छ : लिङ्देन

इकागज |
असोज १०, २०७९ सोमवार १४:८ बजे

फाइल तस्बिर

काठमाडौँ- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले दसैंको शुभकामना दिँदै राजेन्द्र लिङ्देनले देशले असफल नीति, मार्गचित्र र नेतृत्वको निरन्तरता थेग्न नसक्ने बताएका छन् । 

दसैंको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा शुभकामना व्यक्त गर्दै उनले आगामी निर्वाचनबाट देशलाई असफल नीति, असफल मार्गचित्र र असफल नेतृत्वको चक्रव्यूहबाट मुक्त गराउनुपर्ने बताएका छन् । 


‘निर्वाचन विगतका त्रुटि, कमीकमजोरी सच्याउने र नवीन नेपाल निर्माणको बाटो तय गर्ने अवसर पनि हो । देशलाई असफल नीति, असफल मार्गचित्र र असफल नेतृत्वको चक्रव्यूहबाट मुक्त गराउनैपर्छ,’ अध्यक्ष लिङ्देनले आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।


Author

थप समाचार
x