दल

समानुपातिक तर्फको बन्दसूची सहमतिमा तयार पारेको कांग्रेसकाे दाबी

इकागज |
असोज ११, २०७९ मंगलबार १७:३९ बजे

काठमाडौँ- नेपाली कांग्रेसले आसन्न निर्वाचनको समानुपातिक सूची सर्वसम्मत रूपमा नै तयार भएको स्पष्ट पारेको छ ।

मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले समानुपातिक सूची एकलौटी रूपमा उम्मेदवार छनोट भएको भन्ने कुरामा कुनै सत्यता नरहेको र सर्वसम्मत रूपमा नै सूची तयार पारिएको दाबी गरेका हुन् । महतले कसैलाई कमजोर र कसैलाई बलियो पर्ने गरी सूची तयार नपारिएको र विधानअनुसार सूची बनाइएको जिकिर गरे ।


समानुपातिक सूचीलाई लिएर गर्ने भनिएको आन्दोलनको कुरा वाञ्छनीय नरहेको भन्दै उनले केही त्रुटी भए सच्याइने जानकारी दिए । त्यस्तै उनले पार्टीले सबै तहका नेता तथा कार्यकर्तालाई पार्टीको निर्णयअनुसार निर्वाचनमा पार्टीलाई जिताउन सम्पूर्ण रूपमा क्रियाशील हुन पनि निर्देशन दिएको बताए । सिट बाँडफाँट सकिएलगत्तै नेपाली कांग्रेसले लिएका क्षेत्रहरूमा प्रत्यक्ष तर्फको उम्मेदवार टुङ्गो लगाइने उनले बताए ।

महतले पाँच दलीय गठबन्धनमा केही दिनभित्रै सिट बाँडफाँटको टुङ्गो लाग्ने जानकारी दिए ।

कांग्रेसले मन्त्रीहरू पनि पार्टीको महत्वपूर्ण जिम्मेवारीमा भएको हुँदा आफ्नो पार्टीका पक्षमा जनमत बनाउन हिँड्न नपाउने भन्ने कुरा व्यवहारिक नरहेको जनाएको छ ।


Author

थप समाचार
x