दल

कोइराला समूहले चियापान कार्यक्रम गर्दै

इकागज |
असोज १३, २०७९ बिहिवार ८:२२ बजे

काठमाडौँ- नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले दसैँ, तिहार, नेपाल संवत र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहीबार बिहान ८ बजे शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने भएको हो ।

पार्टी सभापति शेरबहादुर देउवा एकलौटी ढंगले अगाडि बढेको भन्दै सो समूहले खबरदारी सभा, पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना लगायत कार्यक्रम गरिसकेको छ । 


समानुपातिकतर्फको सूची सच्याउनुपर्ने र पार्टीमा सिट संख्याको ४० प्रतिशत हिस्सा आफूहरुलाई दिनुपर्ने सो समूहको माग छ ।


Author

थप समाचार
x