दल

सत्ता गठबन्धनमा १५७ निर्वाचन क्षेत्रको भागबन्डा टुंगियो, कुन दलले कहाँ पाए ? (सूचीसहित)

इकागज |
असोज १३, २०७९ बिहीबार १०:९ बजे

काठमाडौँ- सत्ता गठबन्धनले प्रतिनिधि सभा निर्वाचनका लागि टिकटको भागबन्डा लगभग फाइनल गरेको छ । केही क्षेत्रमा मात्रै गठबन्धनले टिकटको भागबन्डा टुंग्याउन बाँकी रहेको छ । हालसम्म १५७ निर्वाचन क्षेत्रको भागबन्डा टुंगिएको छ ।

जसअनुसार नेपाली कांग्रेसले ८५ निर्वाचन क्षेत्र पाउने सहमति भएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले ४१ निर्वाचन क्षेत्र पाउने सहमति भएको छ । 


त्यस्तै माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले १७ सिट पाउने सहमति गरिएको छ । त्यस्तै जनता समाजवादी पार्टीले १२ निर्वाचन क्षेत्र, जनमोर्चाले २ निर्वाचन क्षेत्र पाउने सहमति गरिएको कार्यदलका एक सदस्यले जानकारी दिए ।

कांग्रेसले पाउने निर्वाचन क्षेत्र
कञ्चनपुर- ३, 
कञ्चनपुर-२, 
डडेलधुरा, 
दार्चुला, 
कैलाली- १, ४, ५, 
अछाम -२, 
बाजुरा, 
सुर्खेत- १ र २, 
दैलेख - २, 
मुगु, 
नवलपरासी पश्चिम -२, 
बर्दिया- १,
चितवन -  १ र २, 
गोरखा - १, 
मनाङ, 
कास्की- १, 
तनहुँ- १ र २, 
स्याङ्जा- १ र २, 
नवलपरासी पूर्व- १ र २, 
मनाङ, 
म्याग्दी, 
पर्वत, 
गुल्मी- १, 
पाल्पा- १, 
अर्घाखाँची, 
रुपन्देही - ३,४ र ५, 
कपिलबस्तु - २, ३, 
दाङ- ३,
बाँके - ३,
पाँचथर, 
इलाम-२, 
झापा - १,३ र ४, 
संखुवासभा, 
तेह्रथुम, 
धनकुटा, 
मोरङ-१,२,३ र ६, 
सुनसरी - २,३ र ४, 
ओखलढुंगा, 
उदयपुर - १, 
सप्तरी -३, ४, 
सिरहा - १, २ 
धनुषा- २, ३ र ४,
महोत्तरी - २ र ३,
सर्लाही - ४, 
बारा- १, 
पर्सा -३ र ४, 
सिन्धुली-१, 
रसुवा, 
धादिङ - २, 
नुवाकोट -२, 
काठमाडौं - १, १०, ३,४,५,६, 
भक्तपुर - १ र २, 
ललितपुर - १, 
काभ्रे-२ 
सिन्धुपाल्चोक - २
मकवानपुर- १

धनुषा - ४ मा जसपा, महोत्तरी - ३ मा पनि विवाद छ । जहाँ जसपाले पनि दाबी गरेको छ ।

माओवादीले पाएको निर्वाचन क्षेत्र
झापा २, ५, 
भोजपुर, 
ताप्लेजुङ, 
मोरङ ४, ५, 
सोलुखुम्बु, 
उदयपुर २, 
सिरहा ३, 
धनुषा १, 
महोत्तरी १, 
सर्लाही ३, 
सिन्धुली १, 
नुवाकोट १, 
काठमाडौं २, 
काठमाडौं ९, 
काभ्रे १, 
सिन्धुपाल्चोक १, 
चितवन ३, 
गोरखा २, 
लमजुङ 
कास्की १ वा ३, 
बागलुङ २, 
कपिलबस्तु १, 
रुकुम पूर्व, 
रोल्पा, 
दाङ २, 
बाँके १, 
बर्दिया २, 
नवलपरासी पश्चिम १,
जुम्ला, 
कालीकोट, 
जाजरकोट, 
हुम्ला, 
रुकुम पश्चिम, 
अछाम १, 
कैलाली २ र ३ ,
बैतडी, 
कञ्चनपुर १

बारा ४, अछाम १, सल्यान नवलपरासी १, रुपन्देही १, धादिङ १ सर्लाही २ र खोटाङमा सहमतिको प्रयास जारी छ ।

जसपाले पाएको निर्वाचन क्षेत्र
सुनसरी १, 
सप्तरी १, 
सिरहा ४, 
महोत्तरी ४, 
सर्लाही १, 
रौतहट ३, 
बारा २, 
बारा ३, 
पर्सा १ र २, 
काठमाडौं ७, 
बाँके,
सप्तरी २

धनुषा ३, महोत्तरी ३ र रुपन्देही १ मा विवाद भएकाले सहमति प्रयास जारी छ ।

एकीकृत समाजवादी पाएको निर्वाचन क्षेत्र
इलाम १, 
रौतहट १, 
बारा ४, 
धादिङ १, 
काठमाडौं ८, 
ललितपुर २, 
मकवानपुर २, 
कास्की २, 
गुल्मी २, 
पाल्पा २, 
रुपन्देही २, 
दाङ १, 
डोल्पा, 
दैलेख १, 
अछाम १, 
बझाङ,
डोटी

बारा ४, धादिङ १, अछाम १ मा विवाद भएकाले सहमति प्रयास जारी छ ।

राष्ट्रिय जनमोर्चाले पाएको निर्वाचन क्षेत्र
बागलुङ १,
प्युठान


Author

थप समाचार
x