दल

‘संविधान, गणतन्त्र र संघीयताको रक्षाका लागि प्रतिगमन विरोधीलाई मत दिनुस्’

इकागज |
असोज १६, २०७९ आइतवार १२:५५ बजे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मंसिर ४ को निर्वाचनमा संविधान, गणतन्त्र, संघीयताको रक्षा र सुदृढीकरण कारणका लागि प्रतिगमन विरोधीलाई मत दिन आग्रह गरेका छन् । हिन्दू नेपालीहरुको महान् पर्व दसैंको शुभकामना दिँदै प्रचण्डले प्रतिगमन विरोधीलाई मत दिन आग्रह गरेका हुन् । 

अध्यक्ष प्रचण्डले आइतबार जारी गरेको शुभकामना वक्तव्यमा भनेका छन्, ‘सांस्कृतिक पर्वहरूको श्रृंखलाभित्र अब हामी प्रादेशीक र संघीय निर्वाचनको संघारमा पनि छौं आगामी मंसिर ४ गते हुन गइरहेको यस निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिई संविधान, गणतन्त्र, संघीयताको रक्षा र सुदृढीकरणका लागि विजय गराउनुहुन आम जनसमुदायमा हार्दिक अपील गर्दछु ।’


प्रचण्डले दसैं, तिहार, छठ, नेपाल संवत्, ल्हो सारलगायतका चाडपर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेको सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् । उनले सबैको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना गरेका छन् । 

देशका भाषा, संस्कृति र सभ्यताहरूको संरक्षण गर्दै तिनको समृद्धिमा लाग्नु सबैको दायित्व भएको उनको भनाइ छ । ‘हाम्रा यिनै सांस्कृतिक पर्वहरूले नेपाली समाजमा आपसी सहिष्णुता र भावनात्मक एकता पैदा गर्ने विश्वास लिएको छु,’ उनले विश्वास व्यक्त गर्दै भने । 


Author

थप समाचार
x