दल

विवेकशील साझा छाड्नेको लर्को, यादव र भण्डारीले पनि त्यागे पार्टी

इकागज |
असोज १६, २०७९ आइतवार १४:३६ बजे

काठमाडौं- विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य निरुपमा यादव र सुदूरपश्चिम प्रदेश संयोजक दिनेशराज भण्डारीले पार्टी त्याग गरेका छन् । यादव र भण्डारीले छुट्टा–छुट्टै वक्तव्य जारी गर्दै पार्टीबाट राजीनामा दिएका हुन् । 

दुवैले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेका हुन् । यद्यपि पार्टी अस्तित्वमा रहेसम्म आफ्नो साथ र शुभेच्छा रहिरहने उनीहरूले बताएका छन् । 


शनिबार मात्र लुम्बिनी प्रदेशका पदाधिकारीसहित ३१ जनाले राजीनामा दिएका थिए ।  पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले अगाडि सारेको ‘विचारभन्दा माथि देश’दस्तावेज आफूहरूसँग छलफल नै नगरी खारेज गरेको भन्दै उनीहरूले सामूहिक राजीनामा दिएका हुन् । 


Author

थप समाचार
x