दल

कांग्रेसले चियापान नगर्ने

इकागज |
असोज २१, २०७९ शुक्रबार १२:५२ बजे

काठमाडौँ- नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमामा चियापान समारोह आयोजना नगर्ने भएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि असोज ( कोजाग्रत पूर्णिमा) २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नुपर्ने भएकाले स्थगित गर्नुपरेको कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।


वि.सं. २०३३ सालमा जननायक बी.पी. कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान कार्यक्रम गरी शुभकामना आदानप्रदान गर्दै आएको थियो । 

 


Author

थप समाचार
x