दल

एमालेले भोलि घोषणापत्र सार्वजनिक गर्ने, ५५ वटा सभामा ओली सहभागी हुने

इकागज |
कात्तिक १४, २०७९ सोमवार १६:३९ बजे

काठमाडौँ- नेकपा एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । आगामी ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि मंगलबार एमालेले घोषणापत्र सार्वजनिक गर्न लागेको हो । 

घोषणापत्र सार्वजनिक गरिसकेपछि एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी कार्यक्रममा सहभागी हुने तयारी गरेका छन् । विभिन्न क्षेत्रमा हुने करिब ५५ वटा सभामा उनी सहभागी हुने तयारी गरेका छन् । 


कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपासहित केही दलले घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।


Author

थप समाचार
x