दल

चुनाव जित्नका लागि नभई संविधानलाई बचाउन गठबन्धन गर्नुपर्‍याे : घनश्याम भुसाल

इकागज |
कात्तिक १४, २०७९ सोमबार १८:२९ बजे

काठमाडौँ- नेकपा एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भुसालले चुनाव जित्नका लागि मात्र नभई संविधानलाई बचाउन गठबन्धन गर्नु परेको बताएका छन् ।

सोमबार रुपन्देही क्षेत्र नं–१, ख को निर्वाचन प्रचारप्रसार तथा परिचालन मूल समितिको कार्यालय उद्घाटन गर्दै भुसालले  केपी ओलीले संविधान नै ध्वस्त पारेर मुलुकलाई फेरी द्वन्द्वतिर धकेल्ने प्रयास गरेकाले संविधान जोगाउनका लागि गठबन्धन बनेको बताएका हुन् ।


केपी शर्मा ओलीले पार्टीलाई नै कब्जा गरेर संविधान माथि प्रहार गरेको पनि आराेप उनले लगाए । उनले केपी ओलीको दम्भका कारण आफूले पार्टी त्याग गर्नु परेको बताउँदै लोकतन्त्र रोज्ने कि ओली रोज्ने क्रममा आफूले सविधान बचाउने काम रोजेको जिकिर गरे ।

भुसालले राजनीति स्थिरता, देशको विकास, सम्वृद्धिका लागि पनि आफूहरूले जित्नुपर्ने बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता तथा रुपन्देही क्षेत्र नं–१, ख प्रदेश सभा सदस्य पदका उमेदवार अब्दुल रज्जाकले संविधान च्यात्न खोज्ने दललाई अब भोट दिन नहुने तर्क गरे ।


Author

थप समाचार
x