दल

एमाले घोषणापत्र : स्वदेशी उत्पादन र उपभोगका लागि ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने

इकागज |
कात्तिक १५, २०७९ मंगलबार १४:५९ बजे

काठमाडौँ- नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार दिउँसो काठमाडौँको याक एन्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीको घोषणा प्रविधिबाट सार्वजनिक गरिएको हो ।

घोषणापत्रमा पार्टीले ​स्वदेशी उत्पादन र स्वदेशी उपभोगका लागि ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने बताएकाे छ ।​ 


पार्टीले ग्यारेन्टी ४ शीर्षक राखेर स्वदेशी कच्चा पदार्थमा आधारित र आयात प्रतिस्थापन गर्ने प्रकृतिका उपभोग्य वस्तुहरूको उत्पादनमा जोड दिइने उल्लेख गरेकाे छ । घोषणापत्र​मा भनिएकाे छ, 'स्वदेशमा उत्पादन हुने खाद्यवस्तु, जुत्ता, औषधी, सिमेन्टजस्ता वस्तुहरूको उपयोगमा प्रोत्साहन गरिने छ । यस्ता उत्पादनलाई प्रोत्साहित गर्ने गरी सहकारी तथा निजी क्षेत्रलाई कर, विद्युत् महसुल तथा ऋणमा उपयुक्त ब्याज अनुदान दिइनेछ । भान्सा र नियमनका माध्यमबाट समेत स्वदेशी उद्योग र उत्पादनलाई संरक्षण गरिने छ ।'


Author

थप समाचार
x