दल

एमालेको ५ वर्षे कार्ड : यस्ता छन् २० ग्यारेन्टी

इकागज |
कात्तिक १५, २०७९ मंगलबार १५:० बजे

काठमाडौँ–नेकपा एमालेले आगामी निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ । एमाले विगतका प्रतिबद्धता पूरा भएनन् भन्ने प्रश्न उठेको भन्दै आगामी निर्वाचन जितेपछि गर्ने २० कामको ग्यारेन्टी गरेको छ ।

यस्ता छन् एमालेका २० वटा ग्यारेन्टी
ग्यारेन्टी–१ समृद्धिका लागि नीतिगत र संरनागत सुधार गर्ने
ग्यारेन्टी–२ रष्ट्रहित र नागरिकहितलाई सर्वोपरि राखी राज्य सञ्चालन गर्ने
 ग्यारेन्टी–‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’को नीति कार्यान्वयन गर्ने
ग्यारेन्टी–४ स्वदेशी उत्पादन र स्वदेशी उपभोगका लागि व‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने 


ग्यारेन्टी–५ आवसविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराउने
ग्यारेन्टी–६ सबैका लागि काम र नियमित कमाइको सुनिश्चितता गर्ने
ग्यारेन्टी–७ पूर्ण साक्षर देश र उद्यमशीलता शिक्षित युवा को नीति कार्यन्वयन गर्ने
ग्यारेन्टी–८ निरोगी नेपाल, सबल नागरिक को नीति अघि बढाउने
ग्यारेन्टी–९  स्वच्छ पानी, सफा वातावरण को सुनिश्चितता गर्ने
ग्यारेन्टी–१० सबैलाई बिजुली बत्ति, विद्युतबाटै देशको उन्नति गर्ने
ग्यारेन्टी–११ खेत बारीमा पानी दोब्बर हुन्छ उब्जनी को मान्यतामा अघि बढाउने

ग्यारेन्टी–१२ सडक पूर्वाधार र सुलभ सार्वजनिक यातायातको सुनिश्चितता गर्ने

ग्यारेन्टी–१३ ‘व्यवस्थित सहरः स्वच्छ र हरियाली बस्ती’को अवधारणा कार्यान्वयन गर्ने

ग्यारेन्टी–१४ ‘सरल, सहज सार्वजनिक सेवा’को प्रबन्ध गर्ने

ग्यारेन्टी–१५ सामाजिक सुरक्षाको दायरा र सुविधा विस्तार गर्ने

ग्यारेन्टी–१६ सबै नागरिकमा वित्तिय पहुँच स्थापित गर्ने

ग्यारेन्टी–१७ ‘स्वस्त महिनावारी, सुरक्षित मातृत्व’को नीति कार्यान्वयन गर्ने

ग्यारेन्टी–१८ सस्तो, सहज र भरपर्दो सञ्चार सुविधाको प्रबन्ध गर्ने

ग्यारेन्टी–१९ ‘सभ्य समाज? मर्यादिन नागरिक’को नीति कार्यान्वयन गर्ने

ग्यारेन्टी–२० प्रतिव्यक्ति आय दोब्बर गर्ने

 


Author

थप समाचार
x