दल

एमालेको घोषणा : सबै महिलालाई स्यानिटरी प्याड किन्‍न वार्षिक १५ सय रुपैयाँ दिने

इकागज |
कात्तिक १५, २०७९ मंगलबार १५:३२ बजे

काठमाडौँ- नेकपा एमालेले महिनावारी हुने उमेर समूहका सबै महिलाका लागि स्यानिटरी प्याड खरिदका लागि वार्षिक १ हजार ५ सय रुपैयाँ दिने घोषणा गरेको छ । मंगलबार सार्वजनिक गरेकाे चुनावी घोषणापत्रमा एमालेले यस्ताे घोषणा गरेको हो ।

घोषणापत्रमा भनिएको छ, 'महिनावारी हुने उमेर समूहका देशभित्रका सम्पूर्ण महिलाका लागि स्यानिटरी प्याड वा अन्य वैकल्पिक साधन खरिदको लागि वार्षिक रु १ हजार ५ सय उपलब्ध गराउने ।'


'प्रसूति हुने सतप्रतिशत महिलाको गर्भावस्थाको नियमित स्वास्थ्य जाँच तथा दक्ष स्वास्थ्यकर्मीको सहयोगमा स्वास्थ्य संस्थाबाट प्रसूति सेवा सुनिश्चित गरिने छ । ग्रामीण तथा दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको नि:शुल्क आपत्कालीन उद्धार गर्न हवाई एम्बुलेन्स र एम्बुलेन्सको व्यवस्था गरिने छ,' घाेषणाापत्रमा उल्लेख छ ।


Author

थप समाचार
x