दल

गठबन्धनलाई जिताउनुपर्छ : निधि

इकागज |
कात्तिक २४, २०७९ बिहीबार १५:६ बजे

काठमाडौँ- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधानको सफल कार्यान्वयनका लागि आगामी निर्वाचनमा गठबन्धनलाई जित दिलाउनुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौँको बानेश्वरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेता निधिले एमालेको उक्साहटमा राष्ट्रपतिले पटक-पटक संविधान उल्लंघन गरेकाले त्यसको संरक्षण गर्नुपर्ने भएकाले निर्वाचनमा गठबन्धनलाई जित दिलाउनुपर्ने बताएका हुन् ।


संविधानको रक्षा गरे संविधानले मुलुकको रक्षा गर्ने उनको भनाइ छ । उनले मंसिर ४ को चुनावमा कांग्रेसलाई विजयी गराउनु पहिलो दायित्व भएको भन्दै कांग्रेसले सक्षम उम्मेदवारहरू उठाएको जिकिर गरे । कांग्रेसको कुशल नेतृत्वका कारण लोकतान्त्रिक संविधान जारी हुन सकेको उनले बताए ।

त्यस्तै कांग्रेस नेता मोहनबहादुर बस्नेतले पार्टीमा प्रवेश नेताहरूलाई उचित सम्मान र इज्जत दिने विश्वास दिलाए । जस्तोसुकै कठिन परिस्थितिमा पनि आफूले जनताको सुख, दुःखमा साथ दिएको भन्दै त्यसो गर्नु आफ्नो दायित्व नै भएको उनले बताए ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य यस्मिन ढुंगानासहित सिन्धुपाल्चोक क्षेत्र नं २ का नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए ।


Author

थप समाचार
x