दल

आज वसन्तपुरमा राप्रपाको चुनावी सभा, राजेन्द्र लिङ्देनदेखि मनिषा कोइरालाले सम्बोधन गर्ने

इकागज |
कात्तिक २५, २०७९ शुक्रबार १०:२९ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज शुक्रबार काठमाडौँको वसन्तपुर डबलीमा चुनावी सभा आयोजना गर्दैछ । 

चुनाव नजिकिँदै जाँदा राप्रपाले दिउँसो १ बजे सभा आयोजना गर्न लागेको हो । 


सभामा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेताहरू पशुपतिशमशेर जबरा,  प्रकाशचन्द्र लोहनीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार अभिनेतृ मनिषा कोइरालाले समेत सभामा सम्बोधन गर्ने कार्यक्रम छ ।  मनिषाले पनि ट्वीट गरेर यसबारे जानकारी दिएकी छन् । 


Author

थप समाचार
x