दल

एमाले सिध्याउन खोज्‍नेहरू आफैँ सकिन्छन् : ओली

इकागज |
कात्तिक २५, २०७९ शुक्रवार १३:३ बजे

फाइल तस्बिर

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिध्याउन खोज्नेहरू अब आफैँ सकिने बताएका छन् । शुक्रबार धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई सिद्धाउने षड्यन्त्र गर्न खोज्नेहरू अब आफैँ सकिने बताएका हुन् । 

ओलीले एक्लै चुनाव लडे एमालेले सिध्याउँछ भन्ने कांग्रेसलाई राम्ररी थाहा भएको तर्क गरे । कांग्रेसले समाजवादको कुरा गरे पनि समाजवाद भन्ने नै थाहा नपाएको भन्दै उनले अहिले ढोडको बैशाखी टेकेर हिँडेको समेत बताए ।


उनले विदेशी देख्नेवित्तिकै पुच्छर लुकाउनेबाहेकसँग तालमेल गर्न सकिन्छ भनेर जसपा र राप्रपासँग केही सीटमा तालमेल गरेको धारणा राखे। अबको निर्वाचनमा माधव नेपालको नेकपा एकीकृत समाजवादी र लोसपा राष्ट्रिय पार्टी बन्न नसक्ने र  प्रचण्ड पनि आफैँ विस्तारै सकिँदै जाने तर्क गरे ।

गठबन्धनले सरकार बनाएपछि मुलुक भ्रष्टाचारमा डुवेको उनले बताए । 


Author

थप समाचार
x